सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनको प्रतिकारमा उत्रिए व्यवसायी, आजबाट सबैखाले पसल खुला

लकडाउनको प्रतिकारमा उत्रिए व्यवसायी, आजबाट सबैखाले पसल खुला

व्यवसायीहरुले आजबाट लकडाउन नमान्ने र सम्पूर्ण पसल/व्यवसाय खुला गर्ने भएका हुन् ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

करिब साढे २ महिनादेखि जनतालाई घर भित्रै थुनेर कर तिर्न ताकेता गरेको भन्दै सरकारसँग आक्रोशित भएका व्यसायी आज (बिहीबार) बाट लकडाउनको प्रतिकारमा उत्रिने भएका छन् ।

उनीहरुले आजबाट लकडाउन नमान्ने र सम्पूर्ण पसल/व्यवसाय खुला गर्ने भएका हुन् । साना उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहीबारदेखि बिहान ११ बजेसम्म सबै खालका पसल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले बुधबार प्रेस विज्ञप्ति जारी गरेर पसल व्यवसाय सञ्चालन गरिने जानकारी गराएका हुन्। ७१ दिनदेखिको लकडाउनका कारण सम्पूर्ण उद्योग व्यवसाय ठप्प हुँदा रोजीरोटी नै गुम्ने अवस्था आएकाले यस्तो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ– ‘यही किसिमले लकडाउन जारी रहने हो भने उद्योगी व्यवसायीहरु व्यवसायबाट पलायन मात्रै होइन, रोजीरोटी नै गुम्ने खतरा देखिएकाले बिहीबारदेखि बिहान ११ बजेसम्म दैनिक पसलहरु खुला गर्ने निर्णय भएको गराउन चाहन्छौं ।

व्यवसाय खोलेपनि कोरोनाबाट जोगिनका लागि न्युनतम दूरी कायम गर्ने, मास्क तथा स्यानिटाइजर प्रयोग गर्ने लगायत विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेको न्युनतम मपदण्डको पालना गर्न महासंघले व्यवसायीलाई भनेको छ ।

पसल व्यवसाय खुला गर्दा राज्यबाट बन्द गर्न दबाब आए राज्यलाई तिर्नुपर्ने कर, घर भाडा, बैंकको व्याजदर र कर्मचारीको तलब भत्ता दिन नसक्ने र त्यसको जिम्मा राज्यले लिनुपर्ने चेतावनी पनि व्यवसायीले दिएका छन्।

चैत ११ गतेबाट सुरु भएको लकडाउनको म्याद आठौं पटक थपेर सरकारले जेठ ३२ गते सम्म कायम राख्ने निर्णय गरेको छ । सरकारले केवल लकडाउन मात्रै थप्ने र अन्य विकल्प दिने काम नगरेको भन्दै व्यवसायी यसको प्रतिकारमा उत्रिएका हुन् ।

प्रकाशित: Jun 04, 2020| 07:55 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।