सोमबार, भदौ ८, २०८३

धरानमा आगलागी, छोरी बचाउन खोज्दा आमाछोरीकै मृत्यु

सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित स्विमिङ पुल नजिकै एक घरमा आगलागी हुँदा आमाछोरीको मृत्यु भएको छ ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

धरान- सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित स्विमिङ पुल नजिकै एक घरमा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ।

स्थानीय नरबहादुर श्रेष्ठको घर आज (बिहीबार) बिहान सुरुमा विद्युत सर्ट भएर आगो लागेको थियो। आगोसँगै खाना पकाउने ग्यास पड्किदा नरबहादुरकी श्रीमती धनमाया श्रेष्ठ र अशक्त छोरी सीताको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

प्रहरीका अनुसार आगलागी भएपछि अशक्त छोरीलाई बचाउन धनमाया घरभित्र पसेकी थिइन्। उनी पस्नासाथ ग्यास विस्फोट भएको थियो । विस्फोटबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको हाे।

स्थानीयले आगलागी भइराखेको घर भित्र नपस्न पटक पटक आग्रह गर्दा पनि छोरी भित्रै छिन् भन्दै चिच्याएर धनमाया घर भित्र छिरेकी थिइन्। उनी छोरी नजिक पुग्न नभ्याउँदै ग्यास विस्फोट भएको प्रत्यक्षदर्शीले बताए ।

आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो। धरान उपमहानगरपालिकाबाट ढिलो पुगेको दमकल र स्थानीय वासिन्दाले आगो नियन्त्रणमा लिएका हुन्। आगलागीबाट नरबहादुरको गरगहना, लत्ताकपडा, खाद्यान्न, भाडावर्तन जलेर नष्ट भएका छन्।

प्रकाशित: Jun 04, 2020| 10:55 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।