सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६६ जिल्लामा फैलियो कोरोना, तेह्रथुममा पनि भेटिए संक्रमित

६६ जिल्लामा फैलियो कोरोना, तेह्रथुममा पनि भेटिए संक्रमित

नेपालका ६६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । बिहीबार तेह्रथुममा दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै ६६ जिल्लामा कोरोना फैलिएको हो ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

नेपालका ६६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । बिहीबार तेह्रथुममा दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै ६६ जिल्लामा कोरोना फैलिएको हो ।

तेह्रथुमको आठराइ गाउँपालिका- ४ का २० वर्षीया युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प संक्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए।

संक्रमित युवती जेठ १३ गते भारतबाट कपिलवस्तु नाका हुँदै तेह्रथुम आएकी हुन्। उनी छ महिनाकी गर्भवती रहेको स्थानीय प्रशासनले जनाएको छ।

अर्का सङ्क्रमीत सशस्त्र प्रहरी जवान भने गत दुई महिनादेखि क्याम्पमै रहेको प्रजिअ न्यौपानले बताए। सङ्क्रमित दुवै जनालाई अहिले आठराइ गाउँपालिकाले तयार गरेको आइसोलेसनमा राखिएको छ।

१६ जेठमा उनीहरुसहित अन्य १९ जनाको स्वाब सङ्कलन गरी कोशी अञ्चल अस्पतालमा परीक्षणका लागि पठाइएको थियो। १७ जनाको रिपोर्ट आउन अझै बाँकी छ ।

प्रकाशित: Jun 04, 2020| 09:46 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।