जेनेभा- कोरोना भाइरसबाट विश्वमा ३ लाख ८८ हजारभन्दा बढीको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार ६५ लाख भन्दा बढी संक्रमित छन्।
बिहीबार बिहानसम्म कोरोना भाइरसको कारण बिरामी भएका ३१ लाख ७० हजार ५३२ जना निको भएका छन्। हाल विश्वभर कोरोना भाइरस संक्रमित ३० लाख १४ हजार ९९४ व्यक्ति उपचाररत रहेका छन्।
संक्रमितहरुमा ५४ हजार २०० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख १ हजार ७८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ। यस प्रकोपको कारण अमेरिकामा १ लाख ९ हजार १४२ व्यक्तिको मृत्यु भएको छ।
दक्षिणमा अमेरिकामा ९ लाख ८६ हजार ९५३ जना कोरोना भाइरस संक्रमित छन्। यहाँ ४४ हजार ३१९ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा २१ लाख ५१ हजार ९३८ जना कोरोना भाइरस संक्रमित छन्। यहाँ १ लाख २९ हजार ९६३ जनाको मृत्यु भएको छ।
युरोपमा २० लाख २८ हजार २४१ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ७६ हजार ४४६ को मृत्यु भएको छ। एसियामा १२ लाख ३१ हजार ८५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३२ हजार ५४७ जनाको मृत्यु भएको छ।
अफ्रिकामा १ लाख ६४ हजार ९८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ६२७ जनाको मृत्यु भएको छ। ओसियाना ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ।