घुस दिएर त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको परीक्षामा सर्वोत्कृष्ट भएका सुरेन्द्रप्रसाद कोइरालालाई विशेष अदालतले १४ महिना कैद र चार लाख ५७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा सन्जु सामसनले उत्कृष्ट प्रदर्शन गर्दै धैरे क्रिकेट समर्थकको ध्यान खिचेका छन्। टी–२० क्रिकेटबाट सफलता पाएसँगै उनले आफ्नो सफलताको रहस्य खोले।
चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ। मंगलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुंगो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो।