शनिबार, भदौ १३, २०८३

कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने  

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बुधबार बसेको पदाधिकारीको बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो। 
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा आन्दोलन गर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बुधबार बसेको पदाधिकारीको बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो। 

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार र आर्थिक अनियमिततामा मुछिएको भन्दै पदाधिकारी बैठकले आन्दोलन गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। 

‘१९ असोजमा बस्ने केन्द्रीय समितिको बैठकमा कहिले र कसरी आन्दोलन गर्ने भन्ने तय हुन्छ,’ उनले भने।

उनका अनुसार संसदको बैठक माग गर्ने विषयमा केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठकमा छलफल गरिने छ। संसदीय दलको बैठक कहिले गर्ने भन्ने विषय भने अहिले नै टुंगो लागिसकेको छैन। 

आजको पदाधिकारी बैठकमा पार्टीभित्र देखिएको विवादका बारेमा पनि छलफल गरेको छ। ‘वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले बुझाएको विरोधपत्रका बारेमा पनि छलफल भएको छ,’ महतले भने, ‘यस विषयमा आन्तरिक नेताहरुको छलफल त भइनै रहेको छ। तर, केन्द्रीय समितिको बैठकमा पनि यस विषयमा छलफल हुन्छ।’

केही दिनअघि पौडलेसहितका २७ जना केन्द्रीय सदस्यहरुले पार्टी कार्यालयमा सभापति देउवाविरुद्ध विरोधपत्र दर्ता गराएका थिए । विरोधपत्रमा पार्टी सभापतिले विधान र विधि भन्दा बाहिर गएर विभाग गठन र विस्तार गरेको, सरकार भ्रष्टाचार र आर्थिक अनियमिततामा लिप्त हुँदा पनि प्रतिपक्षीले भूमिका नखेलेको उल्लेख गरिएको थियो।

बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकमा देउवा समूहका नेतामात्रै सहभागी थिए। 
 

प्रकाशित: Sep 30, 2020| 09:33 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।