आइतबार, असार २८, २०८३

बेनिफिकाका डिफेन्डर डियाज सिटीमा अनुबन्ध

इंग्लिस प्रिमियर लिग (ईपीएल) क्लब म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब बेनिफिकाका डिफेन्डर रुबिन डियाजलाई अनुबन्ध गरेको छ।
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) क्लब म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब बेनिफिकाका डिफेन्डर रुबिन डियाजलाई अनुबन्ध गरेको छ। उसले ६५ मिलियन पाउन्ड खर्च गर्दै ६ वर्षका लागि डियाजलाई अनुबन्ध गरेको हो।

यता, सिटीका अर्जेन्टिनी सेन्टर ब्याक निकोलस ओतामेन्दी १३.७ मिलियन यूरोमा बेनिफिका गएका छन्।

म्यानचेस्टर सिटीमा क्लबका प्रशिक्षक पेप ग्वार्डिओलाको यो सिजनमा तेस्रो खेलाडी अनुबन्ध हो। यसअघि उनले नाथन इक र फरवार्ड फरान टोरेसलाई अनुबन्ध गरिसकेका छन्।

‘म्यानचेस्टर सिटीजस्तो क्लबमा अनुबन्ध हुन पाउनु मेरो लागि असाध्यै खुसीको कुरा हो। र म यहाँ राम्रो प्रदर्शन गर्न प्रयास गर्नेछु,’ उनले भने।

‘पछिल्ला केही वर्षयता सिटी इंग्ल्यान्डको फुटबलमा बर्चस्व कायम गरेको टिम हो। यसको सफलताले यही सावित गर्छ। यसको ट्याकिङ फुटबल मेरो खेल्ने शैलीमा सुट गर्छ,’ उनले भने।

त्यस्तै, उनले ग्वार्डिओलालाई विश्वकै उत्कृष्ट प्रशिक्षकको संज्ञा दिँदै युवा खेलाडी विकासमा प्रशिक्षकको योगदानको कदर गरेका छन्।

डियाले उनले बेनिफिकाबाट सिनियर टिममा डेब्यू गर्नुअघि क्लबकै एकेडेमीबाट ग्राजुएट गरेका थिए। उनले सिनियर टिममा ११३ खेल खेलिसकेका छन्।

उनी सिटीमा अनुबन्ध हुनुअघि आर्सनलले उनलाई अनुबन्ध गर्न चाहेको बताएको थियो। 


 

प्रकाशित: Sep 30, 2020| 06:06 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।