शनिबार, भदौ १३, २०८३

आज १५५९ जनामा कोरोना पुष्टि, १०५७ डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको कुल संख्या ७७ हजार ८१७ पुगेको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ८७ र होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार २०४ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। यो सहित नेपालमा १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा १० हजार ५७ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ।
हाल विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ५ हजार ४२८ जना बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा ७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ४९८ पुगेको छ।

प्रकाशित: Sep 30, 2020| 10:40 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।