काठमाडौं– कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय नजिक पुगेको छ।
पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४९८ पुगेको हो।
यद्यपि, मृत्यु हुने संक्रमितमध्ये अन्य रोगबाट पनि ग्रसित धेरैजना छन्।
पछिल्लो डेढ महिनायता हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो मंगलबार १० जनाको मृत्यु भएको थियो।
आजको दिनमा देशभरका आईसीयूमा २०१ जना संक्रमित छन् भने भेन्टिलेटरमा ३० जना छन्।