आइतबार, असार २८, २०८३

के हो सामसनको सफलताको राज ?

इन्डियन प्रिमियर लिग (आईपीएल)मा सन्जु सामसनले उत्कृष्ट प्रदर्शन गर्दै धैरे क्रिकेट समर्थकको ध्यान खिचेका छन्। टी–२० क्रिकेटबाट सफलता पाएसँगै उनले आफ्नो सफलताको रहस्य खोले।
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा सन्जु सामसनले उत्कृष्ट प्रदर्शन गर्दै धैरे क्रिकेट समर्थकको ध्यान खिचेका छन्। टी–२० क्रिकेटबाट सफलता पाएसँगै उनले आफ्नो सफलताको रहस्य खोले।

राजस्थान रोयल्सका विकेटकिपर सामसनले भारतीय टोली र रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले क्रिकेटलाई हेर्ने नजर बदलिदिएको बताएका छन्। २५ वर्षे खेलाडीले कोहलीसँगका जिममा भएको कुराकानीलाई आफ्नो प्रेरणा सम्झेको बताए।

‘मसँग एक अचम्मको अनुभव छ, जब म भारतीय टिममा थिएँ,’ सामसनले प्रेस कन्फरेन्समा भने, ‘विराट दाइसँगै जुम्बामा जिम गर्दै थिएँ। म उनलाई फिटनेसमा यति धेरै शक्ति किन खर्च गरेको भनेर सोध्थेँ। साथै अन्य धेरै प्रश्नहरु पनि सोध्थेँ। त्यसपछि उनले मलाई सोधे– सन्जु तिमी अब कति वर्ष क्रिकेट खेल्छौं ? मैले भनेँ, २५ वर्षको भएँ अब दश वर्ष खेल्छु।’

सामसनले थपे, ‘त्यसपछि मलाई विराटले भने, त्यसो भए यो दश वर्ष सबै थोक क्रिकेटलाई देऊ। त्यसपछि तिमी आफ्नो मनपर्ने खाना खान सक्नेछौ। १० वर्षपछि तिमी क्रिकेट खेल्दैनौ भने यो समयमा तिमीसँग भएको सबै कुरा क्रिकेटलाई किन नदिने ?’

जिममा भएको यही कुराकानीका कारण सामसनले क्रिकेटलाई हेर्न आफ्नो नजर बदलिएको बताएका हुन्। उनी कोहलीको कुरा सुनेर धेरै खुसी भएका थिए।

उनी पहिलो पटक २०१५ मा राष्ट्रिय टिममा परे। त्यसपछि लामो समय टिमबाहिर रहेका उनी यो वर्षको सुरुमा श्रीलंका र न्युजिल्यान्डविरुद्धको टिममा परेका थिए।

उनी अहिले राजस्थानको टिमबाट धेरै खेल जित्न चाहन्छन्। ‘मेरो अहिलेको सपना भनेको खेल जित्नु हो। मेरो अहिलेको पूर्ण ध्यान आईपीएलमा छ,’ उनले भने।

उनको अहिलेको खेललाई महेन्द्र सिंह धोनीको खेलसँग जोडेर हेर्न थालिएको छ। आफ्नो नाम धोनीसँग जोडिएपछि उनी भन्छन्, ‘उनीजस्तो कसैले पनि खेल्न सक्दैन र कसैले उनीजस्तो खैल्न प्रयास पनि नगर्लान्। धोनीजस्तो खेल्न सजिलो छैन। उनी उत्कृष्ट फिनिसर हुन्।’

उनी आफूले धोनीजस्तो नभएर आफैंजस्तो खेल्ने गरेको पनि बताए।

उनले जारी सिजनको पहिलो खेलमा ३२ बल ७४ रन (२३१ को स्ट्राइक रेट) बनाएका थिए भने दोस्रो खेलको ४२ बलमा ८५ रन(२०२ को स्ट्राइक रेट) जोडेका थिए।
 

प्रकाशित: Sep 30, 2020| 08:25 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।