शनिबार, भदौ १३, २०८३

भैंसीलाई तीन हजार सुत्केरी भत्ता 

मन्थली नगरपालिकाले भैंसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ। 
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

रामेछाप– मन्थली नगरपालिकाले भैंसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ। 

नगरपालिकाले दर्ता गरेको भैंसी फार्म एवं कृषकलाई तीन हजार भैंसी सुत्केरी स्याहार भत्ता दिंदै आएको हो। 

चालु आर्थिक वर्षमा ६० भैंसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराउने नगरपालिकाले तयारी गरेको छ। 

नगरपालिकाले ३० दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न आग्रह गर्दै सूचना पनि जारी गरेको छ। 

नगरपालिका पशु सेवा शाखाका प्रमुख मुकुन्द खड्काका अनुसार भैंसीको सुत्केरी भत्ता प्राप्त गर्न निवेदन, वडा कार्यालयको सिफारिस, कृषकको नागरिकता र भैंसी बीमा गराएको पोलिसीको प्रतिलिपि आवश्यक पर्छ।

नगरपालिका उपप्रमुख मायाकुमारी कार्कीले कृषकलाई प्रोत्साहनस्वरुप भैंसीलाई सुत्केरी भत्ता वितरणको काम अगाडि बढाइएको बताइन्। गत वर्षदेखि सुरु गरिएको कार्यक्रम यो वर्ष पनि जारी राखिएको उनको भनाइ छ। 

रासस
 

प्रकाशित: Sep 30, 2020| 08:47 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।