नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा नाराजुलुस लगाएर अदालतलाई यही गर भन्न नमिल्ने बताएका छन्।
अध्यागमन विभागले ४० वर्षमुनिका महिला एक्लै विदेश जाँदा परिवार र वडाको सिफारिस चाहिने निर्णय गर्न लागेको विरोधमा सरोकारवालाहरुले विभाग कार्यालयअगाडि प्रदर्शन गरेका छन्।
राज्यविरुद्धको कसुरमा गिरफ्तार भएकी नेकपा नेत्री रामकुमारी झाँक्रीले प्रतिगमनविरुद्ध अन्तिम लडाइँ जारी रहेकाले सबैलाई आफ्नो ठाउँबाट डट्न अपिल गरेकी छन्।
म बडामहारानीलाई यहीँ गोरखाबाटै सन्देश दिन चाहन्छु। निर्वाचनको तयारीको लागि कार्गेड छोडेर, सुख, सुविधा, ऐस आराम शीतल निवास छोडेर पहिला कोटेश्वरमा आउनुस्।
नेकपा (ओली समूह) का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनमतको अपहरण गर्न खोजेपछि जनतामा जाने फैसला गरिएको तर्क गरेका छन्।
प्रतिनिधिसभा पुनर्स्थापना नभए र संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ति नसच्याइए फागुन १२ गतेदेखि सत्याग्रह गर्ने चेतावनी डा. गोविन्द केसीले दिएका छन्।