शनिबार, असार २७, २०८३

अष्ट्रेलियन ओपन : कानेपीद्वारा साविक विजेता सोफिया पराजित

अष्ट्रेलियन ओपनको महिलातर्फ साविक विजेता सोफिया केनिन पराजित भएकी छन्। प्रतिस्पर्धी काय कानेपीवरुद्ध दोस्रो राउन्डमा उनी सोझो सेटमै पारजित भएकी हुन्।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– अष्ट्रेलियन ओपनको महिलातर्फ साविक विजेता सोफिया केनिन पराजित भएकी छन्। प्रतिस्पर्धी काय कानेपीवरुद्ध दोस्रो राउन्डमा उनी सोझो सेटमै पारजित भएकी हुन्।

चौथो वरीयताकी अमेरिकी खेलाडी सोफिया ६–३ र ६–२ को सोझो सेटमा पराजित भइन्। मार्गरेट कोर्ट एरिनामा सम्पन्न खेलमा २२ वर्षे सोफियाले अप्रत्याशित हार बेहोरेकी हुन्।

टेनिस फेडेरसनको शीर्ष वरीयतामा नरहेकी कानेपीले अब तेस्रो चरणमा क्रोएसियन खेलाडी डोन्न वेकिकसँग प्रतिस्पर्धा गर्नेछिन्।

यससँगै उनले अष्ट्रेलियन ओपनमा आफ्नो पनि दावेदारी प्रस्तुत गरेकी छन्। कानेपीले यसअघि सन् २०१८ को यूएस ओपनमा पनि विश्व नम्बर वान रोमानियन सिमोना हालेपलाई पराजित गरेकी थिइन्।

उनले आजको जितपछि भनिन्, ‘आज मैले राम्रो खेल्न सकेँ। मलाई लाग्छ यसले मलाई सहयोग गर्नेछ। मेरो रणनीति नै आक्रोशित खेल्ने थियो जुन म अधिकांश गर्ने गर्छु।’

त्यस्तै आजको अर्को खेलमा अस्लेघ बार्टीले अष्ट्रेलियन डारिया गर्भलोवालाई हराएकी छन्।
 

प्रकाशित: Feb 11, 2021| 07:56 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।