शुक्रबार, भदौ १९, २०८३

सामाजिक सञ्जालमा झाँक्री पक्राउको तीव्र विरोध

प्रहरीले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेपछि त्यसको विरोधमा सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया उत्पन्न भएको छ। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– प्रहरीले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेपछि त्यसको विरोधमा सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया उत्पन्न भएको छ। 

झाँक्रीलाई राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भनेर उनकै निवास शंखमूलबाट आज प्रहरीले समातेको हो। 

झाँक्री पक्राउको विरोध गर्नेहरुमा नेकपा दाहाल–नेपाल समूहका नेताहरु अगाडि छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले पनि झाँक्री पक्राउको विरोध गरेका छन्। 

कांग्रेस नेता गगन थापाले ट्विट गरेका छन्, 'कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।'

नेपाली कांग्रेसका नेता धनराज गुरुङले झाँक्रीको पक्राउबाट संविधानले प्रदत्त गरेको अभिव्यक्ति स्वतन्त्रताको हक खोसिएको बताएका छन्। उनले यो घटनामा तानाशाही सरकारको जति निन्दा गरेपनि नपुग्ने बताएका छन्। 

‘रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु भनेको संविधानले प्रदत्त गरेको अभिव्यक्ति स्वतन्त्रताको हक खोसिनु हो। तानाशाही सरकारको जति निन्दा गरेपनि कम हुन्छ,’ उनले ट्विटरमा भनेका छन्, ‘तर मर्ने बेलामा कमिलाको प्वाँख उम्रनु नौलो कुरा हैन। निरङ्कुश ओली शासकको पनि प्वाँख उम्रन थालिसकेको छ।’

साझा पार्टीका पूर्वनेता डा. सूर्यराज आचार्यले राजनीतिक अभिव्यक्तिका आधारमा झाँक्रीलाई पक्राउ गर्ने सरकारको रवैया आपत्तिजनक भएको बताएका छन्। उनले ट्विटरमा भनेका छन्, ‘राजनीतिक प्रतिस्पर्धामा व्यक्त अभिव्यक्ति ठिक–बेठिक छुट्याउने जनताले हो, सरकारले हैन। खबरदार, कुनै पनि अवस्थामा अभिव्यक्ति स्वतन्त्रताप्रतिको अंकुश अस्वीकार्य ! चेतना भया।’

नेकपा (दाहाल–नेपाल) समूहका नेता जनार्दन शर्माले देशलाई मुठभेडमा लगेर आफ्नो निहीत स्वार्थपूर्ति गर्ने षडयन्त्रअनुसार नेतृ झाँक्रीलाई पक्राउ गरिएको टिप्पणी गरेका छन्।

पूर्व गृहमन्त्रीसमेत रहेका नेता शर्माले झाँक्रीको पक्राउबाट नागरिक स्वतन्त्रताको हनन् भएको बताएका छन्।

सोही समूहका केन्द्रीय सदस्य विष्णु रिजालले ‘जुन मुद्दा लगाए पनि मञ्जुर छ। रामकुमारी झॉक्री प्रकरणबाट थप प्रष्ट भएको छ– विद्या भण्डारी राष्ट्रपति हुन सर्वथा अनुपयुक्त र अयोग्य पात्र हुन्। आलोचना गर्ने मुद्दा लगाउनु तानाशाही र निरंकुशताको पराकाष्टा हो’ भनेर ट्विट गरेका छन्।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भनेका छन्, ‘विद्यमान संविधानप्रति हाम्रो आलोचनात्मक समर्थन छ। राष्ट्र प्रमुखका रुपमा राजा हुनुपर्ने पक्षका हिमायती हौं। राष्ट्रपति संस्थाप्रति मोह छैन। तर देशको राष्ट्रपति सबैको राष्ट्र प्रमुख हो, लोकप्रियताका लागि राष्ट्रप्रमुखको अपमान गरिनुहुन्न। लोकतन्त्रमा बोल्न पाइएला तर जथाभावी पाइन्न।’

प्रकाशित: Feb 11, 2021| 07:37 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।