शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनमतको अपहरण गर्न खोजेपछि संसद् विघटन : मुख्यमन्त्री पोखरेल

जनमतको अपहरण गर्न खोजेपछि संसद् विघटन : मुख्यमन्त्री पोखरेल

नेकपा (ओली समूह) का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनमतको अपहरण गर्न खोजेपछि जनतामा जाने फैसला गरिएको तर्क गरेका छन्।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

बुुटवल– नेकपा (ओली समूह) का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनमतको अपहरण गर्न खोजेपछि जनतामा जाने फैसला गरिएको तर्क गरेका छन्।

उनले पुष्पकमल दाहाल र माधवकुमार नेपालकै कारण प्रतिनिधिसभा विघटनको स्थिति आएको जिकिर गरे। नेकपा ओली समूहले फागुन १ गते बुुटवलमा आयोजना गर्न लागेको आमसभाबारे जानकारी दिन बिहीबार बुुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो कुरा बताएका हुन्।

‘प्रचण्ड र माधव नेपाल पाटी एकता र जनमतको पक्षमा उभिएको भए संसद् विघटन हुने थिएन,’ नेकपा लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका पोखरेलले भने, ‘प्रधानमन्त्रीलाई कमजोर बनाउने खेल खेलेकै कारण ताजा जनादेशमा जान खोजिएको हो।’

पोखरेलले आफूहरुलाई तानाशाही र निरंकुशका रुपमा चित्रित गर्न खोजिएको बताउँदै संघीयता, गणतन्त्र र राष्ट्रियताको पक्षमा उभिने पार्टी नै आफूहरु भएको दाबी गरे। उनले विवादको कारण नभई परिणामका रुपमा संसद् विघटनलाई बुुझ्नुपर्ने बताए। पार्टी एकता र परिवर्तनको नेतृत्व केपी शर्मा ओलीले नै गर्ने उनको भनाइ थियो।

‘पार्टी एकता र परिवर्तनका लागि केपी ओली नेतृत्वले नै काम गर्ने हो,’ उनले भने, ‘बुटवलमा हुने भेलाले संसद् विघटनविरुद्ध गरिएको गलत सन्देशलाई चिर्नेछ।’ 

प्रचण्ड आफैंले सुरु भएको जनयुुद्धलाई समेत भुुलेको टिप्पणी उनले गरे। ‘फागुन १ गते ऐतिहासिक दिन हो, यसको मर्म र भावना प्रचण्डजीले भुल्नुुभयो,’ पोखरेलले भने, ‘निराशा तोडिनेछ, पार्टी एकताको मूल पार्टी हामी हुनेछौं।’ उनले जनतामा जाने कुरा संसदीय व्यवस्था र लोकतन्त्रकै सुन्दर पक्ष भएको जिकिर गरे। 

बुटवलमा दुई लाख जनता उतार्ने दाबी

नेकपा ओली समूहले बुुटवलमा हुने आमसभालाई आफ्नो शक्ति प्रदर्शनको हिसाबले निकै महत्वका रुपमा प्रचार गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बुटवलको आमसभा हेर्न दाहाल–नेपाललाई चुुनौती दिएका थिए।

ओली समूह बलियो भएको क्षेत्रका रुपमा लुुम्बिनीलाई लिने गरिन्छ। नेकपा दाहाल–नेपाल समूहले माघ १५ गते बुुटवलमा ठूलै संख्यामा शक्ति देखाएपछि ओली समूहलाई चुनौती थपिएको थियो । 

ओली समूहले फागुन १ गते हुने प्रदर्शनलाई ओलीको कदम सहि भएको दाबी आमसभाको संख्याबाट पुष्टि गर्ने बताउँदै आएको छ। नेकपा ओली समूहका प्रदेश इन्चार्ज समेत रहेका मुख्यन्त्री पोखरेलले बुुटवलमा हुने प्रदर्शन भनिने नभई गनिने संख्याकै हुने दाबी गरे। पत्रकार सम्मेलनमा उनले भने, ‘भनिने होइन, सहभागी नै दुई लाख हुन्छन्।’ 

उनले बुधबारमात्रै दाहाल–नेपालको काठमाडौंमा भएको प्रदर्शनलाई इंगित गर्दै बुटवलको सभा हेर्न आउन राजधानीका पत्रकारलाई चुनौती दिएका थिए। बुटवलमा हुने सभाले प्रधानमन्त्रीको समर्थनमा कति जनता छन् भन्ने कुराको पुष्टि गर्ने उनले बताए। 

उनका अनुसार रुपन्देहीबाट एक लाख र बाँकी प्रदेशका विभिन्न ठाउँबाट जनसहभागिता हुनेछ। आमसभालाई नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। मध्यान्ह १२ बजे बुुटवल पुुष्पलाल पार्कबाट जुलुस सुरु गर्ने र बुुटवल सिद्धेश्वर माविको प्राङ्गणमा सभा हुने छ।

आमसभा अघि बुुटवलमा ओलीले पूर्व जनमुुक्ति सेनासँग छलफल गरिने बताइएको छ। आमसभाको पूर्वसन्ध्यामा बिहीबार बुटवलमा मोटरसाइकल ¥याली निकालिएको छ।

प्रकाशित: Feb 11, 2021| 08:26 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।