शनिबार, असार २७, २०८३

महिला लिगमा चौदण्डीगढी वालिङसँग पराजित

महिला लिग अन्तर्गत आज (बिहीबार) सम्पन्न खेलमा चौदण्डीगढी नगरपालिका पराजित भएको छ।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काडमाडौं– महिला लिग अन्तर्गत आज (बिहीबार) सम्पन्न खेलमा चौदण्डीगढी नगरपालिका पराजित भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा उसले वालिङ नगरपालिकासँग ७–१ गोलको हार बोहोरेको हो।

लिग अवधिभर लज्जास्पद हारका लागि चिनिएको चौदण्डीले आजको खेलमा दोस्रो गोल गरेको हो। उसले पहिलो लेगको खेलमा चन्द्रपुर नगरपालिकाविरुद्ध एक गोल गरेको थियो। उक्त खेलमा उसले चन्द्रपुरसँग ७–१ गोल अन्तरकै हार बेहोरेको थियो।

एक गोलले पछि परेको अवस्था (३२ औं मिनेट) मा चौदण्डीकी अञ्जला थुलुङले गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। तर यो बराबरी धेरै समय टिक्न सकेन।

त्यसअघि, २५ औं मिनेटमै मेथो रुथले गोल गर्दै वालिङलाई सुरुआती अग्रता दिलाएकी थिइन्।

त्यस्तै, ३३ औंं मिनेटमा रुथले गोल गर्दै वालिङलाई पुनः अग्रता दिलाइन्। पहिलो हाफअघि वालिङ फेरि एक गोल थप्दै ३–१ को गोलअन्तर बनायो। वालिङकी रुथले पहिलो हाफमै ह्याट्रिक पूरा गरिन्।

दोस्रो हाफको ४७ औं मिनेटमा पनि रुथले अग्रतालाई ४–१ मा पुर्याइन्। वालिङकी रुथले औं मिनेटमा र टोटा ओर्नेलाले ७१ औं मिनेटमा फ्रि किकमार्फत् गोल गरेपछि भने वालिङले ६–१ गोलको अग्रता बनाएको थियो। त्यसपछि पनि वालिङले एक गोल थप्यो।

अन्तिम गोल गर्ने अवसर पनि ओर्नेलाले नै पाइन्। यससँगै वालिङले एकका विरुद्ध सात गोलको अग्रता बनाएर खेल जित्यो। पहिलो लेगको खेलमा वालिङले चौदण्डीलाई १०–० गोलले हराएको थियो। उक्त खेलमा रुथले दोहोरो ह्याट्रिक प्रहार गरेकी थिइन्।

प्रकाशित: Feb 11, 2021| 08:49 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।