शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राज्यविरुद्धको कसुर लाग्नेगरी झाँक्रीले के बोलेकी थिइन्?

राज्यविरुद्धको कसुर लाग्नेगरी झाँक्रीले के बोलेकी थिइन्?

म बडामहारानीलाई यहीँ गोरखाबाटै सन्देश दिन चाहन्छु। निर्वाचनको तयारीको लागि कार्गेड छोडेर, सुख, सुविधा, ऐस आराम शीतल निवास छोडेर पहिला कोटेश्वरमा आउनुस्।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– प्रतिनिधि सभाकी सांसद् एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। 

बिहीबार उनकै निवास शंखमुुलबाट प्रहरीले राज्यविरुद्धको कसुरअन्तर्गत दफा–५८ को कसुरको अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ। 

१५ माघमा गोरखामा आयोजित आमसभामा बोल्दै झाँक्रीले भनेकी थिइन्– 

‘राष्ट्रपतिका कुरा त के गर्नु र? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ अस्ति निर्वाचन आयोगको प्रतिवेदन बुझेर। म बडामहारानीलाई यहीँ गोरखाबाटै सन्देश दिन चाहन्छु। निर्वाचनको तयारीको लागि कार्गेड छोडेर, सुख, सुविधा, ऐस आराम शीतल निवास छोडेर पहिला कोटेश्वरमा आउनुस्। चाबहिल की कता बानेश्वरतिर बसाइँ छ भन्या सुन्याथेँ। होइन भने बालकोट नै गए पनि हुन्छ। र नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो त्यसको तयारी गरेर सन्देश पठाउनुस्।

तपाईसँग म पनि अलि भारी हुन्छु होला यै रेखा लोप्चनलाई चुनाव लडाउछाँ र हराउँछौँ। तपाईको लागि म पनि भारी हुन सक्छु त्यसकारण बडामहारानीले हामीले प्राप्त गरेका हामीले संघर्ष गरेर ल्याएका अधिकारहरूमाथि गिद्धे दृष्टि लगाएर एउटा गुटको, खास गुटको मान्छेको तुष्टि फेर्नको लागि गरिएका असंवैधानिक कदम किमार्थ पनि स्वीकार हुन सक्दैनन्। त्यसकारण यो नेकपा एमालेले २०५० सालमा गरेको भूल थियो। अन्यथा नहोस्, तमाम दिदीबिहिनी हुनुहुन्छ, सहिद परिवार हुनुहुन्छ, यहाँहरूलाई भन्न खोजेको होइन।

मदन भण्डारीको हत्या पछाडि सेतो साडी लगाएर जुन शक्ति आर्जन गर्ने जुन गलत साँस्कृतिक अभ्यास गरेको थियो– नेकपा एमालेले त्यसको प्रतिउत्पादक हो– विद्या भण्डारी। आज यो संविधानको चीरहरण गर्ने कारण बनेको छ। त्यसकारण संस्कृति पनि सही हुनुपर्ने रहेछ। धरानमा हामीले हार्नुको कारण पनि त्यही हो। धरानमा मेयर चाहिँ बिरामी हुनुभयो र बित्नुभयो। मेयरको श्रीमतीलाई टिकट दिएनन् भनेर भोट हालेनन्। त्यहाँ कांग्रेसले जित्यो।

‘सेन्टिमेन्ट’को इमोसनल ब्ल्याकमेलिङको राजनीति पनि बन्द गर्नुपर्ने रहेछ। राजनीतिक विचारधाराकै गर्नुपर्ने रहेछ। त्यसकारण जब विचार सिद्धिन्छ कपाल देखाएर, नाक देखाएर, लुगा देखाएर राजनीति गरिन्छ नी पुग्ने त्यहीँ हो। त्यसबाट आउने चिज पनि त्यहीँ हो।

त्यसकारण हामीले गलत काम गरेकै कारण, नारायणकाजी कमरेडलाई पनि थाहा छ, दोस्रो पटक विद्या भण्डारीलाई राष्ट्रपति नबनाऊ भनेर सबै सचिवालयका नेताको घरमा देउसी खेल्न गएकै हो हामी। उहाँहरूले कानमा तेल हाल्नुभयो। त्यतिन्जेलसम्म उहाँहरूको विद्या भण्डारीले केही बिगार्‍या थिएन, हाम्रो पनि त बिगार्‍या थिएन। अब थाहा पाउनुभयो। त्यसकारण उहाँहरूभन्दा हामी नै दूरदर्शी थियौँ भन्ने त प्रमाणित भयो नी।’ 
 

पढ्नुस  :

दफा ५८ अनुसार झाँक्रीलाई हुन सक्छ यस्तो सजाय
 

प्रकाशित: Feb 11, 2021| 08:40 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।