आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्रिय वाणिज्य बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न

 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट बुधबार सम्पन्न भएको छ। साधारणसभाले ४.५० प्रतिशत लाभांशसहितको आ.व. २०७६–०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ। 

बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष शर्माले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए।

कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै भर्चुअल माध्यमबाट शेयरधनीहरुको साधारणसभामा उपस्थिति थियो। बैंकको हाल ७७ वटै जिल्लामा गरी २४५ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहितबैंकिङ रहेको छ।   

प्रकाशित: Feb 11, 2021| 09:37 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्