काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रामकुमारी झाँक्रीलाई निःसर्त र अविलम्ब रिहा गर्न माग गरेको छ।
नेकपाले झाँक्रीको गिरफ्तारीले सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्र उदांगो भएकाे भन्दै आपत्ति जनाएकाे हाे।
झाँक्रीको पक्राउले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको नेकपाकाे विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन।’
नेकपाले पक्राउको घोर निन्दा तथा भत्सर्ना गर्दै झाँक्रीलाई रिहा गर्न माग गरेको छ।
पढ्नुस् :
राज्यविरुद्धको कसुर लाग्नेगरी झाँक्रीले के बोलेकी थिइन्?
हिरासतबाट झाँक्रीले भनिन्- याे अन्तिम लडाइँ हो, आफ्नो ठाउँमा डटौं