शुक्रबार, भदौ १९, २०८३

प्रहरीको रासन भत्ता बढाउँदै सरकार 

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासनभत्ता बढाउने भएको छ। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासनभत्ता बढाउने भएको छ। 

रासनभत्ता पुनरवलोकन सम्बन्धमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै गृहमन्त्री रामबहादुर थापाले प्रतिवेदनको सिफारिसअनुसार तत्काल रासनभत्ता वृद्धिका लागि आफूले प्रक्रिया अगाडि बढाउने बताएका हुन्। 

उनले आर्थिक वृद्धि र समृद्धिका लागि शान्तिसुरक्षा अनिवार्य सर्त रहेको र त्यस्तो शान्तिसुरक्षा कायमगर्न महत्त्वपूर्ण योगदान गर्ने सुरक्षाकर्मीको मनोबल बढाउन पनि भत्ता वृद्धि गरिने बताए।

प्रत्येक वर्ष स्वतः भत्ता पुनरवलोकन हुने गरी समिति बनाइने पनि गृहमन्त्रीले प्रतिबद्धता व्यक्त गरे। पछिल्लो ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता वृद्धि हुन सकेको छैन।

सहसचिव गौतम नेतृत्वको कार्यदलले पछिल्लो ६ वर्षमा खाद्यान्नमा सरदर ३३ प्रतिशत मूल्यवृद्धि भएको निष्कर्ष निकाल्दै मूल्यवृद्धि र सरकारको वित्तीय स्रोतको उपलब्धता हेरी उपयुक्त मात्रामा रासन भत्ता वृद्धि गर्न सिफारिस गरेको हो।

कार्यक्रममा गृहसचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकको समेत उपस्थिति थियो।

प्रकाशित: Feb 11, 2021| 09:00 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।