गण्डकी प्रदेश सरकारले स्थापना दिवस अवसरमा ४६ कर्मचारीलाई सम्मान गर्ने भएको छ। उनीहरुलाई विशिष्ट, सर्वोत्कृष्ट, उत्कृष्ट निजामती सेवा पुरस्कार र विशेष प्रोत्साहन पुरस्कार दिइनेछ।
चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर (पीजी) को एकीकृत प्रवेश परीक्षामा खुल्लातर्फ उत्तीर्ण भएका थप ३६ जना चिकित्सक परीक्षार्थीलाई योग्यता क्रम सूचीबाट हटाएको छ।
बैतडीको डिलासैनी गाउँपालिका– ३ पन्सेरा गाउँमा नेपाली कांग्रेसको विरोध सभामा नेकपा ओली समूहका कार्यकर्ताले आक्रमण गर्दा कांग्रेसका १० जना कार्यकर्ता घाइते भएको नेपाली कांग्रेस बैतडीले मार्फत जनाएको छ।