शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी सरकारको ३ वर्ष : ४६ कर्मचारीलाई पुरस्कार, चन्द्रकला सर्वोत्कृष्ट

गण्डकी सरकारको ३ वर्ष : ४६ कर्मचारीलाई पुरस्कार, चन्द्रकला सर्वोत्कृष्ट

गण्डकी प्रदेश सरकारले स्थापना दिवस अवसरमा ४६ कर्मचारीलाई सम्मान गर्ने भएको छ। उनीहरुलाई विशिष्ट, सर्वोत्कृष्ट, उत्कृष्ट निजामती सेवा पुरस्कार र विशेष प्रोत्साहन पुरस्कार दिइनेछ। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

पोखरा– गण्डकी प्रदेश सरकारले स्थापना दिवस अवसरमा ४६ कर्मचारीलाई सम्मान गर्ने भएको छ। उनीहरुलाई विशिष्ट, सर्वोत्कृष्ट, उत्कृष्ट निजामती सेवा पुरस्कार र विशेष प्रोत्साहन पुरस्कार दिइनेछ। 

गण्डकी प्रदेश सरकार गठनको तेस्रो वार्षिकोत्सव अवसरमा मंगलबार पोखरामा आयोजित समारोहमा पुरस्कृत कर्मचारीको नाम सार्वजनिक गरिएको हो। जस अनुसार विशिष्ट प्रदेश निजामती कर्मचारी प्रशंसा पत्र प्रमुख सचिव विष्णुप्रसाद नेपाललाई प्रदान गरिने भएको छ। 

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव चन्द्रकला पौडेल यो वर्ष सर्वोत्कृष्ट प्रदेश निजामती कर्मचारी रूपमा छनौट हुँदै १ लाख पुरस्कार राशिले सम्मानित हुने भएकी छिन्। 

यस्तै, २ जना उत्कृष्ट निजामती कर्मचारी छनोट भएका छन्। उनीहरु स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्मा र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, पोखराका निर्देशक डा मनबहादुर पुन हुन्। पुरस्कार राशि जनही ७५–७५ हजार रुपैयाँ छ।

प्रदेश सरकारले १७ जनालाई ५० हजार राशिको निजामती सेवा पुरस्कार दिने घोषणा गरेका छ। उनीहरुमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गोरखाका अधिकृत तुलसी बस्नेत, सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवाली, डिभिजन वन कार्यालय, कास्कीका वन अधिकृत केदार बराल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत विष्णुप्रकाश आचार्य, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, मुस्ताङका झलकमोहन ओझा छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी अधिकृत मीताकुमारी थापा, सोही कार्यालयका अधिकृत रामबहादुर मगराती, भौतिक पूर्वाधार विकास मन्त्रालयका अधिकृत डोलराज पराजुली, मनाङ अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रतिभा गौली, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत खुबिराम पोखरेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत बाबुराम न्यौपाने, कृषि ज्ञान केन्द्र, नवलपुरकी अधिकृत मीरा चौधरी छन्।  

यसैगरी, सो पुरस्कार प्राप्त गर्नेमा प्रदेश सभा सचिवालयकी अधिकृत सिर्जना आचार्य, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका गोपाल शर्मा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत लक्ष्मीप्रसाद पोख्रेल, आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत चुडाबहादुर रोका र प्रदेश नीति तथा योजना आयोगका अधिकृत सूर्य भुजेललाई पनि ५० हजार राशिको प्रदेश निजामती सेवा पुरस्कारबाट सम्मान गरिने छ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल, क्षेत्रीय प्रयोगशालाकी मेडिकल ल्याब टेक्निसियन सपना सुवेदी, धवलागिरी अस्पताल बाग्लुङका रेडियो ग्राफर खड्कवीर थापा र जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख गंगाबहादुर थापा प्रदेश विशेष प्रोत्साहन पुरस्कारका लागि छनोट भएको जनाइएको छ । 

मुख्य न्यायाधिवक्ता कार्यालयका शाखा अधिकृत महेश अर्याल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत जनक राना, सुरक्षागार्ड प्रसनिद्वय बलबहादुर गुरुङ र ध्रुव कुँवर, अर्थिक मामिला तथा योजना मन्त्रालयका खरिदार सुरेश पोखरेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका हल्का सवारीचालक मानबहादुर थापा, निर्मल गुरुङ, प्रशान दवाडी, दुधप्रसाद गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका हल्का सवारीचालक पुरुषोत्तम कार्की, भौतिक पूर्वाधार विकाश मन्त्रालयका हल्का सवारीचालक युवराज पुन र प्रदेश सचिवालयका हल्का सवारीचालक नारायण थापा प्रोत्साहन पुरस्कारका लागि छनोट भएका छन्। 

यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कार्यालय सहयोगी सीता पराजुली, धनकुमार राई, भीमबहादुर गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्रालयका कार्यालय सहयोगी मधुकर पाण्डे र साधना चौधरी, पूर्वाधार विकास कार्यालय, कास्कीकी कार्यालय सहयोगी तीलसरा पुर्जा, शैक्षिक तालिम केन्द्र, तनहुँका कार्यालय सहयोगी क्षेत्रबहादुर दरै, कृषि ज्ञान केन्द्र, बागलुङका कार्यालय सहयोगी जगन्नाथ सापकोटा र मुख्य न्यायाधिवक्ताको कार्यालयका कार्यालय सहयोगी होमनाथ अधिकारी पनि प्रोत्साहन पुरस्कारका लागि छनोट भएका छन्। उनीहरू सबै जनालाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ। 

सोही अवसरमा अघिल्लो वर्ष उत्कृष्ट छनोट कर्मचारीलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो। 
 

प्रकाशित: Feb 17, 2021| 05:07 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।