शुक्रबार, भदौ १९, २०८३

शिक्षक हत्याको मुद्दामा आजदेखि बहस

मोरङको मिक्लाजुङ–१ का ५३ वर्षीय शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि हत्या गरेको मुद्दाको बहस बुधबारबाट सुरु हुने भएको छ। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

विराटनगर– मोरङको मिक्लाजुङ–१ का ५३ वर्षीय शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि हत्या गरेको मुद्दाको बहस बुधबारबाट सुरु हुने भएको छ। 

श्रेष्ठको हत्या नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। यो घटनासम्बन्धी मुद्दाको बहस मंगलबार भने सुरु हुन सकेन। जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले न्यायाधीशहरुले नभ्याएका कारण बेन्चको टुंगो नलागेको बताए। 

उनका अनुसार गोलाप्रथामार्फत् बेन्चको टुंगो लागेपछि बुधबारबाट बहस सुरु गर्ने तयारी छ। मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको गत मंसिर २३ गते अपहरणपछि घाँटी रेटेर विभत्स तरिकाले हत्या भएको थियो। विज्ञप्ति जारी गरेर घटना भएकै दिन प्रतिबन्धित विप्लव समूहले घटनाको जिम्मा लिएको थियो। 

बेन्चको टुंगो नलागेका कारण पक्राउ परेका विकसँग अदालतबाट बयान लिने काम पनि सुरु हुन सकेन। विकसहित ४२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा सोमबार अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

अपहरणपछि हत्यामा संलग्न भएको आरोप लागेका ४१ जना भने अझै फरार छन्। प्रहरीले घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै अदालतमा मुद्दा दर्ता गरेको हो। 

शिक्षक श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा विप्लव समूहका महासचिव चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहित ४२ जनालाई अभियुक्त बनाउँदै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ। 

शिक्षक हत्यामा संलग्न भएको आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज ३२ वर्षीय डिबी सिलवाल भनिने धनबहादुर विकलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। उनी प्रहरी हिरासतमा छन्। बयानका क्रममा उनले हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

प्रकाशित: Feb 17, 2021| 04:42 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।