शनिबार, असार २७, २०८३

महिला लिगको उपाधि जित्ने दाउमा एपीएफ

३० अंक साथ शीर्ष स्थानमा रहेको एपीएफ टिम बुधबार तेस्रो स्थानको विराटनगर महानगरपालिकासँग प्रतिस्पर्धा गर्दै छ।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– महिला लिग फुटबलको शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ उपाधि जित्ने दाउमा छ।

३० अंक साथ शीर्ष स्थानमा रहेको एपीएफ टिम बुधबार तेस्रो स्थानको विराटनगर महानगरपालिकासँग प्रतिस्पर्धा गर्दै छ। खेल अपराह्न ३ बजेदेखि एन्फा कम्प्लेक्समा हुँदै छ।

एपीएफले जित निकाल्न सके उसको ३३ अंक हुनेछ। 

यसैगरी २५ अंक बनाएर दोस्रो स्थानमा रहेको आर्मीको लिगमा दुई खेल मात्र बाँकी छ। दुवै खेल जित्न सके आर्मीले ३१ अंक मात्र बनाउनेछ।

अर्को खेलमा लिगमा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुँदै छ। आर्मीले पुलिससँग बराबरी गरे वा हार बेहोरेमा एपीएफले खेलअगावै उपाधि जित्न सक्नेछ।

एपीएफविरुद्ध विराटनगरले जित निकाल्न सके र आर्मीले पुलिसलाई हराए अर्को खेलबाट मात्र उपाधि विजेताको टुंगो लाग्ने देखिन्छ।
लिगको अन्तिम खेलमा जुन क्लबले जित निकाल्छ उक्त क्लबले जारी लिगको उपाधि जित्नेछ। त्यसैले आर्मीले पनि लिग जित्ने सम्भावना छ। 

पछिल्लो खेलमा एपीएफकी फरवार्ड सावित्रा भण्डारी घाइते भएपछि अन्य क्लबले एपीएफलाई कमजोर आँक्न थालेका छन्।

विराटनगरका प्रशिक्षक पारस चौधरी पनि सावित्रा घाइते भएका कारण आफूलाई फाइदा हुने बताउँछन्।

वालिङलाई हराएपछि उत्साहित चौधरीले खेलपछि भनेका थिए, ‘एपीएफका केही महत्त्वपूर्ण खेलाडीलाई चोट लागेको रहेछ। यसले हामीलाई अर्को खेलमा एपीएफलाई रोक्न सहज हुनेछ।’

एपीएफ लिगमा अपराजित टिम मात्र होइन, लगातार नौ खेल क्लिन सिट राख्दै सिजनमा एक गोलको मात्र सामना गरेको छ।

प्रशिक्षक चौधरी भन्छन्, ‘अहिलेसम्मको हिसाबले उपाधि विजेताचाहिँ एपीएफ नै हो। तर खेलाडी चोटग्रस्त हुँदा रोक्न सकिन्छ भन्ने लागेको छ।’

एपीएफकी प्रशिक्षक भगवती थापा सबै खेलाडीमा उत्तिकै सक्षम रहेको बताउँछिन्। उनले सावित्रा घाइते भए पनि जित निकाल्न अन्य खेलाडी पर्याप्त हुने बताइन्। 

लिगअन्तर्गत पहिलो लेगको खेलमा सावित्राले चार गोल गर्दा एपीएफले ७–० गोलको जित निकालेको थियो।
उक्त खेलमा अनिता केसीले दुई र सरु लिम्बू एक गोल गरेका थिए। 

प्रकाशित: Feb 17, 2021| 03:23 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।