काठमाडौं– लक्ष्मी बैंकले आफ्ना बचतकर्ताका लागि स्मार्ट फोन कर्जा सेवा शुरु गरेको छ।
यसमार्फत् बचतकर्ताले दुई लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन्।
कर्जा प्राप्त गर्नका लागि कुनै प्रकारको धितोको आवश्यकता पर्दैन।
ऋणीले कर्जा प्राप्त गर्नका लागि बचतकर्ताले गरेको कारोबारका आधारमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ। कर्जाको अवधि ३० दिनसम्मका लागि निर्धारण गरिएको छ।
कर्जाको माग मोबाइलबाटै गर्न सकिन्छ। यसमा अन्य कुनै पनि कागजपत्रको आवश्यकता पर्दैन।
कर्जा स्वीकृत भएपछि उक्त रकम सिधै बचतकर्ताको खातामा जम्मा गरिने बैंकले जनाएको छ ।
प्रकाशित: Feb 17, 2021| 06:22 बुधबार, फागुन ५, २०७७