शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एम्बाप्पेको ह्याट्रिकमा बार्सिलोनाविरुद्ध पीएसजीको सानदार जित

एम्बाप्पेको ह्याट्रिकमा बार्सिलोनाविरुद्ध पीएसजीको सानदार जित

बार्सिलोनाकै मैदानमा सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन(पीएसजी)ले ४–१ गोलअन्तरको जित निकालेको हो।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं – फरवार्ड केलियन एम्बाप्पेले ह्याट्रिक गर्दा च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा पीएसजीले बार्सिलोनाविरुद्ध सानदार जित निकालेको छ।

बार्सिलोनाकै मैदानमा सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन(पीएसजी)ले ४–१ गोलअन्तरको जित निकालेको हो।

एक गोलले पछि परेको पीएसजीका तर्फबाट ३२ औं मिनेटमा गोल गर्दै एम्बाप्पेले खेललाई बराबरीमा ल्याएका थिए।

त्यसअघि खेलको २७ औं मिनेटमा घरेलु टिमले पेनाल्टीको अवसर पाएपछि बार्सिलोनाले अग्रता बनाएको थियो। तर एम्बाप्पेको गोलसँगै पहिलो हाफ १–१ गोलमा रोकियो।

दोस्रो हाफमा पीएसजीले तीन गोल थप्यो बार्सिलोना गोल गर्न असमर्थ रह्यो।

एम्बाप्पेले ६५ औं मिनेटमा गोल गरेपछि पीएसजीले बार्सिलोनामाथि अग्रता बनाएको थियो। त्यस्तै, ७० औंं मिनेटमा मोइसे किनले गोल गर्दै अग्रतालाई ३–१ मा पुर्‍याएका थिए।

खेलको ८५ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत तेस्रो गोल गरेपछि भने पीएसजीले ४–१ गोलको जित निश्चित गर्‍याे।

यो जितसँगै पहिलो लेगको खेल पीएसजीले जितेको छ। दोस्रो लेगको खेल मार्च ११ मा पीएसजीको मैदानमा हुनेछ।

जित निकाल्ने टिम च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्नेछ।

गएरातिको खेलबाट पीएसजी बार्सिलोनालाई उसकै मैदानमा हराउने दोस्रो फ्रेन्च क्लब बनेको छ। 

यसअघि १९८४÷८५ को सिजनमा मेज क्लबले बार्सिलोनालाई क्याम्प नोउमा हराएको थियो।

त्यसपछिका १० खेलमा कुनै फ्रेन्च क्लबले जित निकालेका थिएनन्।

यता बार्सिलोनाले च्याम्पियन्स लिगका २७८ होम गेम खेल्दा ६ पटक मात्र तीन भन्दा धेरै गोल खाएको छ।

त्यस्तै पछिल्ला १५१ खेलमा बार्सिलोना पहिलोपटक लगातार दुईपटक हारेको छ। यसअघिको खेलमा पनि उसले युभेन्टससँग ३–० गोलको हार बेहोरेको थियो।
 

प्रकाशित: Feb 17, 2021| 01:07 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।