शनिबार, असार २७, २०८३

लिभरपुलले भरोसा जितेको छ : क्लोप

 मंगलाबार रातिको खेलमा जित निकालेपछि प्रशिक्षक योर्गेन क्लबले लिभरपुलले आफ्ना समर्थकको भरोसा जितेको बताएका छन्।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं- मंगलाबार रातिको खेलमा जित निकालेपछि प्रशिक्षक योर्गेन क्लबले लिभरपुलले आफ्ना समर्थकको भरोसा जितेको बताएका छन्।

जर्मन क्लब लाइप्जिकविरुद्ध च्याम्प्यिन्स लिगको पहिलो लेगको खेलमा लिभरपुलले २–० गोलको जित निकालेपछि प्रशिक्षक क्लोपले सो कुरा बताएका हुन्।

लिभरपुलको जितका लागि मोहम्मद सलाह र साडियो मानेले समान १–१ गोल गरेका थिए। 

कोभिड–१९ को जोखिमका कारण बुढापेस्टमा खेलाइएको अवे खेलमा लिभरपुलले गोल गर्न दोस्रो हाफसम्म पर्खनु परेको थियो।

दोस्रो हाफको ५३ औं मिनेटमा गोल गरेपछि सलाहले लिभरपुललाई जितको बाटो देखाए। त्यसको पाँच मिनेटमै गोल गरेर मानेले अग्रतालाई दोव्बर बनाएका थिए।

सोहि अग्रतासँगै लिभरपुले खेल जित्यो। इंग्लिस प्रिमियर लिगमा लगातार तीन हार बोहोरेपछि लिभरपुलले जित निकालेको हो।

‘धेरै मान्छेले हामी यहाँ पनि चुक्नेछौं भनेर सोचेका थिए होलान्। तर हाम्रा खेलाडी चुकेनन्, त्यसका लागि म एकदमै खुसी छु,’ क्लोपले खेलपछि भने।

उनले थपे, ‘हामीलाई चाहिएको र हामीले खोजेको यस्तै गेम हो। उनीहरु शारीरिक रुपमा बलिया छन् र टिमलाई ओभररन गरिरहेका छन् जसलाई हामीले रोक्न सक्यौँ।’

पछिल्लो दुई सिजन धेरै राम्रो खेलेको भए पनि यो सिजन खराब भएको क्लोपको धारणा छ। उनले आलोचना हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन्।
 

प्रकाशित: Feb 17, 2021| 01:36 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।