शनिबार, असार २७, २०८३

महिला लिगमा विभागीय डर्बीको भिडन्त

महिला लिग अन्तर्गत आज (बुधबार)को खेलमा विभागीय डर्बी नेपाल  पुलिस क्लब र त्रिभुवा आर्मी फुटबल क्लब भिड्दैछन्।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं- महिला लिग अन्तर्गत आज (बुधबार)को खेलमा विभागीय डर्बी नेपाल  पुलिस क्लब र त्रिभुवा आर्मी फुटबल क्लब भिड्दैछन्।

सातदोबाटोस्थित एन्फा कप्लेक्समा १२ बजे सुरु हुने खेलमा विभागीय डर्बी भिड्न लागेका हुन्।

२५ अंकसहित दोस्रो स्थानमा रहेको आर्मीले दोस्रो स्थान पक्का गरिसकेको छ। साथै ऊ शीर्षस्थानको एपीएफसँग उपाधिको भिडन्तमा छ।

तर आजको खेलमा आर्मीले हार बोहोरेको खण्डमा भने एपीएफ स्वत विजेता बन्नेछ। यसकारण आजको खेल आर्मीलाई उपाधि होडमा रहनका लागि महत्वपूर्ण छ।

त्यस्तै पुलिसका लागि पनि आजको खेल उत्तिकै महत्वपूर्ण छ। किनभने पछिल्लो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबसँग हार बेहोरेको पुलिस क्लब अंकतालिकाको पाँचौ स्थानमा छ।

यसकारण उसलाई शीर्ष तीनमा रहनको लागि आजको खेलमा जित निकाल्नुपर्ने छ। अंकतालिकाको तेस्रो स्थानमा विराट नगर र चौथो स्थानमा वालिङ छ।

तर तुलनात्मक रुपमा यि दुई क्लबभन्दा बलियो मानिएको विभागीय टिम पाँचौ स्थानमा रहेकाले उसलाई माथि उक्लिनैपर्ने दबाब छ।

त्यसैले पुलिस आजको खेलमा आर्मीलाई हराउँदै तेस्रो स्थानमा उक्लिन चहान्छ। तर उसको दोस्रो स्थानको यात्रा भने समाप्त भइसकेको छ।
 

प्रकाशित: Feb 17, 2021| 02:43 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।