शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तनहुँको बेलचौतारामा गण्डकी विश्वविद्यालयको शिक्षण अस्पताल बन्ने

तनहुँको बेलचौतारामा गण्डकी विश्वविद्यालयको शिक्षण अस्पताल बन्ने

तनहुँको बैलचौतारामा गण्डकी विश्वविद्यालयको शिक्षण अस्पताल बन्ने भएको छ। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

पोखरा – तनहुँको बैलचौतारामा गण्डकी विश्वविद्यालयको शिक्षण अस्पताल बन्ने भएको छ। 

विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई महत्त्व दिँदै गण्डकी विश्वविद्यालयलाई एउटा शिक्षण अस्पतालसहित चिकित्सा विज्ञान शिक्षण कार्यक्रम पनि समावेश गर्ने निर्देश गरेअनुसार काम भइरहेको बताए। 

यसको प्रारम्भिक अध्ययन गरी ‘गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल आयोजना विकासको अवधारणा’ तयार गरेर कार्यदलले आफ्नो प्रतिवेदन मुख्यमन्त्रीसमक्ष बुझाइसकेको उनकाे भनाइ छ।

कार्यदलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारामा शिक्षण अस्पताल स्थापना गर्न सुझाव दिएको छ।

जीवनपयोगी मूल्यमान्यतामा आधारित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम र नेतृत्वदायी जनशक्ति तयार गर्न गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले गण्डकी सरकारले विश्वविद्यालय स्थापना गरेको वर्ष दिन पुगेको छ। 

२०७६ फागुन ४ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रा.डा. गुरुङलाई विश्वविद्यालयको कुलपति पदमा नियुक्ति र शपथ ग्रहण गराएका थिए। त्यही दिनलाई विश्वविद्यालय दिवसका अवसरमा मनाउन थालिएको छ।

 

प्रकाशित: Feb 17, 2021| 05:04 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।