मंगलबार, साउन १९, २०८३

चिकित्सा आयोगले झुटो विवरण पेस गर्ने विद्यार्थीलाई योग्यता क्रमबाट हटायो

चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर (पीजी) को एकीकृत प्रवेश परीक्षामा खुल्लातर्फ उत्तीर्ण भएका थप ३६ जना चिकित्सक परीक्षार्थीलाई योग्यता क्रम सूचीबाट हटाएको छ। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं – चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर (पीजी) को एकीकृत प्रवेश परीक्षामा खुल्लातर्फ उत्तीर्ण भएका थप ३६ जना चिकित्सक परीक्षार्थीलाई योग्यता क्रम सूचीबाट हटाएको छ। 

आर्थिक वर्ष २०७६/७७ को शैक्षिक सत्रको परीक्षामा दुर्गम क्षेत्रमा काम गरेको भनी झुटो विवरण पेस गरी अंक प्राप्त गरेको पाइएकाले उनीहरूलाई ‘मेरिट लिस्ट’बाट हटाइएको आयोगले जनाएको छ।

यसअघि आयोगले सरकारी कोटातर्फका १३ जना चिकित्सकको पनि झुटो विवरण पेस गरेको भन्दै मेरिट लिस्टबाट हटाएको थियो।

आयोगका सदस्यसचिव डिल्लीराम लुईटेलका अनुसार मेरिट लिस्टबाट हटाइएका ३६ जना चिकित्सकले ‘ख’ वर्गको जिल्लामा काम गरे पनि नम्बर धेरै पाइने लोभले ‘क’ वर्ग अर्थात् अति दुर्गम जिल्लामा काम गरेको भनी विवरण भरेका थिए। 

केही विद्यार्थीले भने दुर्गममा काम नै नगरी झुटो विवरण भरेको जनाइएको छ।

प्रकाशित: Feb 17, 2021| 03:30 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्