शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भागरथी हत्याका आरोपितको बयान- घरायसी रिसइबीका कारण बलात्कारपछि हत्या गरेँ

भागरथी हत्याका आरोपितको बयान- घरायसी रिसइबीका कारण बलात्कारपछि हत्या गरेँ

बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोरले घरायसी रिसइबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

बैतडी - बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका किशोरले घरायसी रिसइबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्। 

भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ पढ्ने १७ वर्षकै भट्ट थरका आरोपित किशाेरले प्रहरीलाई बयान दिने क्रममा भनेका छन्- 'भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रिसइबी थियो, सोही कारण मैले उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको हुँ।'

प्रहरी स्रोतका अनुसार उनले भागरथीको हत्या गर्ने एकल योजनामा आफू पहिल्यैदेखि रहेको र उचित मौकाको पर्खाइमा बसेको समेत बताएका छन्। 

भागरथीका छिमेकीसमेत रहेका ती आरोपितलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी स्रोतले बताएको छ। 

उनलाई मंगलबार राति खोचलेक प्रहरी चौकीबाट जिल्ला लगिएकाे थियाे। 

बुधबार पत्रकार सम्मेलन आयोजना गरी आरोपितलाई सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।

गत माघ २२ गते विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी भागरथीको शव भोलिपल्ट हत्या गरेको अवस्थामा स्थानीय लवलेक सामुदायिक वनमा फेला परेको थियो।

प्रकाशित: Feb 17, 2021| 02:12 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।