नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनर्स्थापनाको पक्षमा निर्णय गर्न माग गरेपछि सभापति शेरबहादुर देउवाले जुलुस निकालेर केही नहुने बताएका छन्।
विदेशबाट पार्सल आएको लोभ देखाएर एक समूहले लाखौँ रकम ठगी गरेको छ। उक्त ठगीमा एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई समायोजनका लागि तोकिएको ढाँचाको निवेदन र सहमति पत्रसहित आवश्यक कागजात पुर्याएर आवेदन दिन आग्रह गरेको छ।
मोरङको बूढीगंगाबाट पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मोरङ इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर बिकलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ।