बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुणस्तरहीन सामग्री उत्पादन गरेको भन्दै चौधरी ग्रुपको कम्पनीविरुद्ध मुद्दा दर्ता

गुणस्तरहीन सामग्री उत्पादन गरेको भन्दै चौधरी ग्रुपको कम्पनीविरुद्ध मुद्दा दर्ता

नेपालको सबैभन्दा चर्चित दुईवटा व्यापारिक ग्रुप सिजी र लक्की ग्रुपद्वारा सञ्चातिल तेल उद्योगविरुद्ध मुद्दा दायर भएको छ। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं- नेपालको सबैभन्दा चर्चित दुईवटा व्यापारिक ग्रुप सिजी र लक्की ग्रुपद्वारा सञ्चातिल तेल उद्योगविरुद्ध मुद्दा दायर भएको छ। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाराले बुधबार दुई तेल उत्पादक कम्पनी कुसुम आयल प्रालि र गणपति बनस्पति उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेको हो। 

कुसुम आयल प्रालि सिजी ग्रुपद्वारा सञ्चालित हो भने गणपति बनस्पति उद्योग लक्की ग्रुपद्वारा सञ्चालित आयल उद्योग हो। लक्की ग्रुप सिवम् सिमेन्टको मुख्य लगानीकर्ता हो। 

यी दुवै उद्योले सोयाविन तेल, प्लाम तेल र बनस्पति घ्यु उत्पादन गरी बिक्रि गर्दै आएका छन्। 

यी दुवै कम्पनीले लामो समयदेखि गुणस्तरहीन तेलको उत्पादन र बिक्रि वितरण गर्दै आएको र उपभोक्तालाई ठगी गरेको आरोप खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन बाराको रहेको छ। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाराले अन्य दुई कामधेनु डेरी उद्योग र लक्ष्मी डेरी उद्योगविरुद्ध पनि मुद्दा दर्ता गरेको जनाएको छ। ती उद्योगका उत्पादनको नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा अखाद्य वस्तु भेटिएको थियो। 

लामो समयदेखि गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्ता ठग्दै आइरहेकाले खाद्य ऐन २०२३ र दाना ऐन २०३३ अन्तर्गत ती उद्योगमाथि मुद्दा चलाइएको खाद्य अनुसन्धान अधिकृत विक्की राउतले बताए। 
 

प्रकाशित: Feb 17, 2021| 13:17 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।