शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति

त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति

भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवको पछिल्लो अभिव्यक्तिप्रति दाहाल–नेपाल समूहको नेकपाले आपत्ति जनाएको छ।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवको पछिल्लो अभिव्यक्तिप्रति दाहाल–नेपाल समूहको नेकपाले आपत्ति जनाएको छ।

मुख्यमन्त्री देवले एक सार्वजनिक कार्यक्रममा नेपालका सम्बन्धमा प्रकट गरेको अभिव्यक्तिप्रति नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

सत्तारुढ भारतीय जनता पार्टीका तर्फबाट त्रिपुरा राज्य सरकारको नेतृत्व गरिरहेका विप्लव देवले तत्कालीन भारतीय जनता पार्टीका अध्यक्ष एवम् भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल लगायतका देशमा पनि भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राखेको अभिव्यक्ति दिएका थिए। 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो पार्टी विप्लव देवको यस प्रकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गर्दछ।’

नेकपाले यस्तो संवेदनशील विषयमा गरिएको अभिव्यक्तिले दुई छिमेकी मित्रराष्ट्रबीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्‍याउने भन्दै चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा उल्लेख छ, ‘यसबारेमा भारत सरकार र अमित शाहबाट समेत स्थिति स्पष्ट पारिने अपेक्षा गर्दछ।’

प्रकाशित: Feb 17, 2021| 10:31 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।