शुक्रबार, भदौ १९, २०८३

कन्सर्ट गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले प्रजातन्त्र दिवसको अवसरमा दरबारमार्गमा काठमाडौं सडक सांस्कृतिक महोत्सव गर्ने भएको छ। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– काठमाडौं महानगरपालिकाले प्रजातन्त्र दिवसको अवसरमा दरबारमार्गमा काठमाडौं सडक सांस्कृतिक महोत्सव गर्ने भएको छ। 

फागुन ६ गते बिहीबार साँझ पाँच बजेदेखि महोत्सव हुने काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए। ‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा हामीले दरबारमार्गमा सांस्कृतिक महोत्सव गर्न लागेका हौँ,’ ज्ञवालीले भने।  कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सांस्कृतिक प्रस्तुति रहने छ। 

यस्तै पप गायक सविन राई, आधुनिक गायक मिलन नेवार, लोक तथा आधुनिक गायक प्रकाश सपूत र प्रिती आले, लोक गायक अञ्जु पौडेलले  प्रस्तुति देखाउनेछन्। 

युवा पुस्तालाई लक्षित गरी काठमाडौँका विभिन्न चार स्थानमा यस्तै कार्यक्रमसहित नेपाली संस्कृति र पहिचानको जगेर्ना गर्ने लक्ष्य राखिएको ज्ञवालीले बताए। दरबारमार्गको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादु थापा, काठमाडौँ महानगरपालिकाका प्रमखु विद्यासुन्दर शाक्यलगायतको पनि उपस्थिति रहनेछ।

प्रकाशित: Feb 17, 2021| 12:23 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।