बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रीयसहित कांग्रेसका सबै समितिको म्याद ६ महिना थपियो

केन्द्रीयसहित कांग्रेसका सबै समितिको म्याद ६ महिना थपियो

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीका सबै समितिको म्याद ६ महिना थपेको छ। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीका सबै समितिको म्याद ६ महिना थपेको छ। 

आज बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले केन्द्रीय समितिसहितका सबै समितिको म्याद भदौसम्म थप गर्ने निर्णय गरेको हो।  

१३ औं महाधिवेशनबाट निर्वाचित समितिहरुको म्याद गत वर्ष नै सकिएको थियो। विधानअनुसार थप्न मिल्ने एक वर्षको अवधिसमेत यही फागुन २६ गते सकिँदैछ। अब कांग्रेस महाधिवेशन संवैधानिक व्यवस्था अनुसार ६ महिनाभित्र भइसक्नु पर्नेछ। सोही व्यवस्थाअनुसार भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। 

‘बैठकले केन्द्रीय समितिसँगै केन्द्रीय समिति, ७७ वटै जिल्ला कार्यसमिति, १६५ वटै संघीय निर्वाचन क्षेत्रीय समिति, ३३० प्रदेश समिति र ७५३ वटा गाउँनगर समिति तथा वडासमितिहरुको कार्यकाल ६ महिनाका लागि थप गरेको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘त्यही मितिभित्र पूरा गर्ने गरी १४ औँ महाधिवेशनको मिति र कार्यतालिका समेत प्रस्ताव गरिएको छ।’ 

कांग्रेसले संविधानको धारा २६९ को उपधारा (४) (ख) बमोजिम आगामी महाधिवेशनबाट पारित गर्ने गरी बैठकले विधान संशोधन गरेर छ महिना कार्यकाल थप गरेको हो। गुटगत छलफलबाट महाधिवेशनका विषयमा साझा प्रस्ताव तयार गरी करिब तीन घण्टा ढिला गरी बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले कार्यकाल थप गर्ने, क्रियाशील सदस्यता नवीकरण, वितरण र छानविन तथा महाधिवेशनको कार्यतालिकासम्मको प्रस्ताव गरेका छन्। महामन्त्री खड्काले ७ असारभित्र क्रियाशील सदस्यताको छानविन टुंग्याउने र अन्तिम नामावली प्रकाशन गर्ने साझा प्रस्ताव गरेका हुन्।

यस्तै खड्काले महाधिवेशनको कार्यतालिकाको प्रस्ताव समेत पेश गरेका छन्। उनले २० असारमा गाउँनगर वडाको अधिवेशन गर्ने, २२ गते पालिकास्तरीय समितिको अधिवेशन गर्ने, २५ असारमा प्रदेशसभा क्षेत्रीय समितिको र २७ असारमा प्रतिनिधिसभा क्षेत्रीय समिति तथा एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन ३० असारमा गर्ने प्रस्ताव गरेका छन् ।

सात प्रदेश समितिको अधिवेशन साउन ६ गतेका लागि प्रस्ताव गरिएको छ। यस्तै भदौको ७, ८, ९ र १० गते काठमाडौंमा १४ औँ महाधिवेशन गर्ने प्रस्ताव बैठकमा छलफलका लागि प्रस्तुत भएको प्रवक्ता शर्माले जानकारी दिए।

प्रकाशित: Feb 17, 2021| 12:41 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।