शुक्रबार, भदौ १९, २०८३

कर्णालीका मुख्यमन्त्रीको 'किचेन क्याबिनेट' हेरफेर

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले किचेन क्याविनेट (सचिवालय) हेरफेर गरेका छन्।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले किचेन क्याविनेट (सचिवालय) हेरफेर गरेका छन्।

उनले आज प्रमुख स्वकीय सचिव, जनसम्पर्क सल्लाहकार र स्वकीय सचिव हेरेफेर गरेका हुन्। मुख्यमन्त्रीले जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक (विकल्प जुम्ली), प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य र स्वकीय सचिवमा रविन्द्रबहादुर शाहीलाई नियुक्त गरेका छन्। 

विगत तीन वर्षदेखि प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्लाहल्दै आएका खेमबहादुर सिंह, जनसम्पर्क सल्लाहकार जनकनाथ योगी र स्वकीय सचिव सुमन शाहीलाई उनले आजै बिदा दिएका छन्।

अन्य नेताहरुलाई पनि अवसर दिन सचिवालय हेरफेर गरिएको मुख्यमन्त्री शाहीले बताए। ‘सबै साथीहरुलाई काम गर्ने अवसर दिन सचिवालय हेरफेर गरिएको हो’ मुख्यमन्त्री शाहीले भने, ‘सचिवालय हेरफेर हुनुको पछाडि कुनै कारण छैन।’

तीन दिनअघि मात्रै कर्णाली प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: Feb 17, 2021| 11:10 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।