बिहीबार, भदौ १८, २०८३

गाडीको ठक्करबाट बालकको मृत्यु, गाडीमा आगजनी

कालिकोटमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा रास्कोट नगरपालिका वडा नं–७ सान्नीघाट बजारका २ वर्षीय प्रेम सिम्खडा छन्।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

सुर्खेत- कालिकोटमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा रास्कोट नगरपालिका वडा नं–७ सान्नीघाट बजारका २ वर्षीय प्रेम सिम्खडा छन्।

उनलाई आज (बुधबार) साँझ भे १ ज ११४९ नम्बरको गाडीले ठक्कर दिएको थियो। 

घटनास्थलमै बालकको मृत्यु भएपछि स्थानीले गाडीमा आगजनी गरेको कालिकोटका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए। 

घटनास्थलमा सुरक्षाकर्मी पुग्न ढिलाई भएका कारण स्थानीयले गाडीमा आगजनी गरेको उनको भनाइ छ।

‘घटनाको तत्काल जानकारी आएन’ डीएसपी शाहले भने, ‘प्रहरी पुग्दा गाडी जलिसकेको थियो।’ सान्नीघाटमै स्थायी प्रहरी चौकी छ। तर स्थानीयको भीड नियन्त्रण गर्नसक्ने अवस्था नभएपछि प्रहरी घटनास्थल पुग्न ढिलाइ भएको थियो।

घटनापछि स्थानीयले गाडीलाई धकेल्दै ५० मिटर टाढा पुर्‍याएर आगजानी गरेका छन्।

घटनालगत्तै गाडी चालक उमाकान्त पाठक प्रहरी चौकी पुगेका थिए। चालक पाठक प्रहरीको नियन्त्रणमा छन्।

स्थानीयले प्रहरी चौकीमासमेत आक्रमण गर्न थालेपछि जिल्लाबाट प्रहरी निरीक्षक महेश शाहीको नेतृत्वमा थप प्रहरी घटनास्थल खटाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 17, 2021| 13:06 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।