शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बहुमतका प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छ : मैनाली 

बहुमतका प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छ : मैनाली 

वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले  बहुमतका प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार रहेको जिकिर गरेका छन्।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले  बहुमतका प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार रहेको जिकिर गरेका छन्। 

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा एमिकस क्युरीका रूपमा बुधबार बहस गर्दै मैनालीले भने, ‘संविधानको धारा ७६(७) को प्रतिनिधिसभा विघटनको अधिकार बहुमतका प्रधानमन्त्रीलाई पनि छ।’ 

कुनै पनि पार्टीले सरकार गठन गर्न मानेन भने त्यस्तो अवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार रहेको पनि उनको तर्क छ। 
यस्तै संविधान लेखनमा केही त्रुटि भएको उनले बताए। 

उनले भने, ‘कुनै पनि दलले सरकार गठन गर्दिनँ भन्यो भने के गर्ने भन्ने विषय संविधानमा लेखिएको छैन।’  

प्रधानमन्त्री आफ्नो दलभित्र विवाद हुँदा पनि संसद् विघटन गर्ने अधिकार रहेको उनको भनाइ छ। 

मैनालीले भने, ‘पार्टीभित्र समस्या आयो, अवरोध भयो र काम गर्न दिने वातावरण बनेन भने सरकारको काममा बाधा नहोस् भनेर विघटन गर्ने हो नि श्रीमान्।’

विगतमा गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र शेरबहादुर देउवाले पनि पार्टीभित्रको विवादमा संसद् विघटन गरेको उनको तर्क छ।।

प्रकाशित: Feb 17, 2021| 10:54 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।