बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामचन्द्रले संसद पुनर्स्थापनाको निर्णय गरौँ भन्दा देउवाले भने- जुलुस निकालेर केही हुँदैन

रामचन्द्रले संसद पुनर्स्थापनाको निर्णय गरौँ भन्दा देउवाले भने- जुलुस निकालेर केही हुँदैन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनर्स्थापनाको पक्षमा निर्णय गर्न माग गरेपछि सभापति शेरबहादुर देउवाले जुलुस निकालेर केही नहुने बताएका छन्। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनर्स्थापनाको पक्षमा निर्णय गर्न माग गरेपछि सभापति शेरबहादुर देउवाले जुलुस निकालेर केही नहुने बताएका छन्। 

बुधबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै नेता पौडेलले पार्टीले निर्णय गरेर संसद् पुर्नस्थापनाको माग गरेका थिए। प्रतिउत्तरमा देउवाले संसद् विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेकाले जुलुस निकालेर केही नहुने बताएका थिए।  

‘अहिले हामीले चुनाव र सत्ता हेर्ने होइन। प्रणाली जोगाउने हो। विधि भत्काएर अराजकता ल्याउने खाज्ने र तनाशाह बनाउन लाद्न खोज्ने ओलीले असंवैधानिक कदम चाले,’ पौडेलले बैठकमा भनेका थिए, ‘अहिले चुनावको कुरा उठाउन जरुरी छैन। तथाकथित चुनावको पछि लाग्नेभन्दा संसद् पुनर्स्थापनाको माग राखेर आजै निर्णय गरौँ।’

उनले कांग्रेसको चरित्र जोगाउन र भोलिको पुस्तालाई जवाफ दिन बुद्धिमतापूर्ण निर्णय गरिनुपर्ने बताएका थिए। ‘ओलीले चुनाव गराउँदैनन्। चुनावै भए पनि संविधान मिचेर हुने चुनावले निकास दिँदैन। इतिहासले हामीमाथि प्रश्न उठाउन सक्छ,’ उनले भने, ‘भोलि पछुताउनुभन्दा आजै उपर्युक्त निर्णय लिऔँ।’ 

पौडेलले पुनर्स्थापनाको माग गर्ने निर्णय गरौँ भनेपछि देउवाले अदालतको निर्णय मान्नुपर्ने बताए। ‘प्रतिपक्षीमा बसेको दलले जुनसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्छ,’ उनले भनेका थिए, ‘अदालतले पुनर्स्थापना गरे पनि मान्नुपर्छ। चुनाव गराए पनि मान्नुपर्छ। जुलुसले निर्णय गर्ने होइन, निर्णय अदालतले गर्ने हो।’ 

वरिष्ठ नेता पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश असंवैधानिक भएकाले सोही अध्यादेशअनुसार भएका नियुक्ति बदरको माग गर्दै निर्णय गर्नुपर्ने बताए। यस्तै प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएका अविश्वासका प्रस्तावका पक्षमा उभिने निर्णय गर्नसमेत समेत गरेका छन्।  

बुधबारको बैठकले १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको छ। यस्तै केन्द्रीय समिति सहितका सबै समितिहरुको ६ महिना म्याद थप गर्ने निर्णयसमेत बैठकले गरेको छ।

बैठक भोलि पुनः बस्ने गरी स्थगित भएको छ। भोलिको बैठकमा केन्द्रीय सदस्यहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ।

प्रकाशित: Feb 17, 2021| 14:33 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।