शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समायोजनका लागि कागजात पुर्‍याएर आवेदन दिन स्वास्थ्य मन्त्रालयको आग्रह 

समायोजनका लागि कागजात पुर्‍याएर आवेदन दिन स्वास्थ्य मन्त्रालयको आग्रह 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई समायोजनका लागि तोकिएको ढाँचाको निवेदन र सहमति पत्रसहित आवश्यक कागजात पुर्‍याएर आवेदन दिन आग्रह गरेको छ।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई समायोजनका लागि तोकिएको ढाँचाको निवेदन र सहमति पत्रसहित आवश्यक कागजात पुर्‍याएर आवेदन दिन आग्रह गरेको छ।

इच्छुक कर्मचारीलाई तोकिएको ढाँचाको दोहोरोसहमति पत्रसहित स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन मिलानसम्बन्धी व्यवस्थाहरु २०७७ बमोजिम कागजात पेश गर्न मन्त्रालयले आग्रह गरको हो।

मन्त्रालयलले यही फागुन १ गतेदेखि १६ गतेसम्म समायोजनका लागि अनलाइन आवेदन माग गरेको छ। हालसम्म प्राप्त आवेदनमा कागजातहरु नपुगको तथा अन्य त्रुटिहरु भेटिएकाले स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन मिलानसम्बन्धी व्यवस्थाहरु २०७७ अध्ययन गरेर मात्रै आवेदन भर्न अनुरोध गरेको छ। 

स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको समायोजन प्रक्रिया चलिरहेको समयमा विश्वभर कोभिड-१९ महामारी आएपछि सरकारले स्वास्थ्य सेवाका कर्मचारीको हकमा जो जहाँ छ त्यहीँ बसेर काम गर्ने निर्णय गरेको थियो। जसका कारण स्वास्थ्य समायोजन पूर्ण हुन पाएको थिएन।

कतिपयको समायोजन निर्णय भएत पनि पत्र लिइसकेका थिएनन् भने कतिपय दरबन्दी नभएका ठाउँमा बढी समायोजन भएका थिए। यी सबै समायोजनलाई मिलान गर्नका लागि सरकारले समायोजन मिलान प्रक्रिया सुरु गरेको हो। 

प्रकाशित: Feb 17, 2021| 12:28 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।