शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

वीपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

विराटनगर– तीन वर्षदेखि चिकित्सक बढुवा रोकिएको भन्दै सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा बुधबार तालाबन्दी गरिएको छ।

माग सम्बोधन नभएपछि तालाबन्दी गर्नुपरेको चिकित्सक तथा दन्त चिकित्सा कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले बताए। समाजले नै उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको हो। ३–३ महिनामा बढुवा हुनुपर्ने प्रावधान रहेको तर पछिल्लो समय ६ महिनामा बढुवा गरिँदै आएको चिकित्सा कल्याण समाजले जनाएको छ। 

समाजका अनुसार पछिल्लो समय ३ वर्षदेखि बढुवा रोकिएको छ। कोरोनाको उपचारमा खटिएका चिकित्सकहरूलाई कोरोना भत्ता अझै उपलब्ध नगराएको भन्दै समाज केही दिन अघिदेखि आन्दोलित रहेको पूर्व महासचिव डा. मधुर बस्नेतले बताए।

प्रतिष्ठानमा जोडिएको इन्टरनेटमा व्यापक घोटाला भएको र विद्युतमा समेत घोटाला भइरहेको मुद्दा उठाएर आन्दोलनरत रहेको समाजले १८ दिनअघि शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको  थियो।

प्रकाशित: Feb 17, 2021| 11:39 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।