नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केही हुन नसक्ने प्रतिक्रिया दिएका छन्।
माओवादी विद्रोहताका तत्कालीन सुप्रिम कमान्डर प्रचण्डपछिका शक्तिशाली मानिएका बादलको राजनीतिक जीवन उनै प्रचण्ड र स्वयं आफ्नै मूल्यहीन कदमका कारण दलदलमा परेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि आह्वान गरेकी छन्। राष्ट्रति भण्डारीले सरकारको सिफारिसमा बिहीबार साँझ यस्तो आह्वान गरेकी हुन्।
दौडधुपले असिनपसिन भएका डा. बास्तोला राति ११ बजे पीपीई खोलेर घर जान तयार भए। उनी निस्किन लागेका मात्र के थिए, अघि आईसीयूमा सारिएका राजेन्द्रले आँखा चिम्लिएछन्। उनको मृत्यु भएपछि वार्डमा...
राष्ट्रियसभा उपनिर्वाचनमा पराजित एमाले नेता रामबहादुर थापा ‘बादल’ ले मतदातालाई धन्यवाद दिएका छन्। यस्तै उनले विजयी उम्मेदवार खिमलाल देवकोटालाई बधाई दिएका छन्।
सरकारले कोभिडविरुद्धको मौज्दात रहेको खोप कोभिसिल्ड खोप प्राथमिकतामा परेका तथा दोस्रो मात्रा लगाउन छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई दिने निर्णय गरेको छ।