बुधबार, भदौ १०, २०८३

झापामा १४ गतेसम्म निषेध आदेश

कोरोना संक्रमण बढ्ने क्रम तीव्र रहेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले निषेध आदेश अवधि थप गरेको छ। 
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

विराटनगर– कोरोना संक्रमण बढ्ने क्रम तीव्र रहेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले निषेध आदेश अवधि थप गरेको छ। जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)  बिहीबारको बैठकले आगामी जेठ १४ गते मध्यराति १२ बजेसम्मका लागि निषेध आदेश लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले बताए।

बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय गरेको छ। उनका अनुसार सामानहरू व्यवसायीले बिहान ६ बजेदेखि ९ बजेसम्म स्थानीय तह वा उद्योग वाणिज्य संघको सहकार्यमा घरघरमा पुर्‍याइसक्नुपर्ने हुन्छ।  

बैठकले निर्माण सामग्री ओसारपसारका लागि बिहान ११ बजेदेखि दिउँसो १ सम्म समय तोकेको छ। निर्माण व्यवसायीले पसल नखोली सामान गोदाममा राख्न पाउने प्रमुख जिल्ला अधिकारी तिमिल्सनाले  बताए। कोरोना संक्रमण बढेसँगै प्रदेश १ का १४ वटै जिल्लामा अहिले निषेध आदेश लगाइएको छ। 
 

प्रकाशित: May 20, 2021| 12:10 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।