मंगलबार, भदौ ९, २०८३

कमल थापाको प्रश्न- बैठक नबसी तीन सांसदलाई पदमुक्त कसरी गरियो ?

 |  मंगलबार, भदौ ९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०८३

काठमाडौं। राप्रपा नेता कमल थापाले राप्रपाले बागमती प्रदेशका तीन सांसदलाई गरिएको कारवाहीको निर्णयमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत थापाले भदौ ४ गतेपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक नबसेको भन्दै तीन सांसदलाई पदमुक्त गर्ने निर्णय कसरी आयो भन्दै प्रश्न गरेका हुन्।

उनले बागमती प्रदेश सभामा बुझाइएको पत्र 'फेक' नहोस् समेत भनेका छन्। उनले भनेका छन्- 'गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन। यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु। यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा 'फेक' हो कि भन्ने पनि लाग्छ। यो सत्य नहोस्।'

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले हस्ताक्षर गरेको पत्र सोमबार प्रदेश सभा सभामुखलाई बुझाइएको थियो। पत्रमा पार्टीको निर्देशन र ह्विप उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गरिएको उल्लेख थियो।

यसअघि भदौ ४ मा बसेको राप्रपाको बैठकले बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गरेको थियो।

प्रकाशित: Aug 25, 2026| 11:10 मंगलबार, भदौ ९, २०८३
प्रतिक्रिया दिनुहोस्