बुधबार, भदौ १०, २०८३

९१ वर्षीया उपमेयर कोरोना जितेर घर फर्किन्

वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन्।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

वीरगन्ज– वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन्। वैशाख २२ गते पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। ९१ वर्षीया महानगर उपप्रमुख कार्की कोरोना संक्रमणमुक्त भएर बिहीबार घर फर्किएकी हुन्। 

वीरगन्ज महानगरपालिकाले वैशाख २४ गतेदेखि सञ्चालनमा ल्याएको कोभिड अस्थायी अस्पतालमा कार्कीको उपचार भएको थियो।

उनलाई अस्पतालको पहिलो बिरामीका रुपमा महानगर प्रमुख विजयकुमार सरावगीले स्वागत गरेका थिए। आइसोलेसनमा १४ दिन बसेर कार्कीले कोरोना जितेकी हुन्। उनलाई बिहीबार महानगर प्रमुख सरावगीसहितको चिकित्सक टोलीले आइसोलेसनबाट बिदाइ गरे। 

आत्मबल बलियो बनाए कोरोनालाई जित्न सकिने प्रतिक्रिया कार्कीले दिइन्। जनताको सेवामा लाग्दालाग्दै आफू संक्रमित भएको उनले सुनाइन्।
 

प्रकाशित: May 20, 2021| 14:22 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।