बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता

कर्णालीमा कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता

कर्णाली प्रदेशमा कोरोना महामारी नियन्त्रण, व्यवस्थापन र प्रतिकार्यमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीले ५० प्रतिशत जोखम भत्ता पाउने भएका छन्।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

सुर्खेत– कर्णाली प्रदेशमा कोरोना महामारी नियन्त्रण, व्यवस्थापन र प्रतिकार्यमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीले ५० प्रतिशत जोखम भत्ता पाउने भएका छन्।

बिहीबार पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मेहन्द्रबहादुर शाहीले कोरोना महामारीमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने बताए।

त्यस्तै कोरोना प्रतिकार्यका लागि प्रदेशले ९८ करोड ३० लाख बजेट छुट्याएको छ। महामारी नियन्त्रणका लागि ७३ करोड रकम, कोरोना प्रतिकार्य तथा व्यवस्थापनका लागि ११ करोड ५० लाख र कोरोना प्रतिकार्य व्यवस्थापनका लागि स्वास्थ्य सेवा निर्देशनालयलाई थप १३ करोड ८० लाख गरेर जम्मा ९८ करोड ३० लाख निकासा निकासा गरेको जनाए। त्यस्तै प्रदेशका ३३ वटा स्थानीय तह र सो अन्तरगतका रणनीतिक अस्पतालका लागि १२ करोड १२ लाख २० हजार र हरेक अस्पतालमा ४०–४० लाखका दरले अक्सिजन प्लान्ट सञ्चालनका बजेट पठाएको छ।

प्रदेश सरकारले कोरोना महामारीसँग जुध्न १७६ जना सामुदायिक नर्स, ५८ जना कोभिड स्वास्थ्यकर्मी, र १८३ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरु परिचालन गरेको जनाएको छ। कर्णाली प्रदेशमा हाल दरबन्दीको दुई तिहाई मात्रै कर्मचारी छन्। प्रदेश सरकारले कर्णालीका चिकित्सकलाई तलवको ५० देखि १३५ प्रतिशतसम्म कर्णाली प्रोत्साहन भत्ता दिँदै आएको छ।

प्रकाशित: May 20, 2021| 12:34 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।