काठमाडौं– कोरोना भाइरस संक्रमणबाट तीन जना डाक्टरको निधन भएकोमा स्वास्थ्य मन्त्रालयले दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ।
कोभिड–१९ विरुद्धको अग्रभागमा खटिएर काम गर्ने तीन डाक्टरको निधन भएको मन्त्रालयदे जनाएको छ। कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएका डा. ईश्वरलाल आचार्य, डा. मुकेश चौधरी र डा. पुज्याश्री कार्कीको निधन भएको मन्त्रालयले जनाएको छ।