बुधबार, भदौ १०, २०८३

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

धनगढी– महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। दार्चुलासँग जोडिएको भारतको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै महाकाली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको हो।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जारी गरेको सूचनामा महाकाली नदीमा जुनसुकै बेला जलस्तर बढ्न सक्ने भएकाले जिल्लाको व्यास गाउँपालिका–५, धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका बासिन्दालाई पूर्व सतर्ककता अपनाउन भनिएको छ।

भारतस्थित तपोवन, धारचुलाको धौलीगंगा लघुजलविद्युत् परियोजनाको जलाशयमा नदी बडी भई बाँधको पानी गर्ने प्रयोजनका लागि बाँधको ढोका खोल्न लागिएको छ। एनएचपीसी लिमिटेड धौलीगंगा पाव स्टेशन धारचुला, पिथौरागढ, भारत पक्षबाट यस्तो पत्राचार भएको सूचनामा भनिएको उल्लेख छ।

‘जुनसुकै बेला पनि महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले जिल्लाको ब्यास गाउँपालिका–५, धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन अनुरोध गरिन्छ।’

प्रकाशित: May 20, 2021| 14:01 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।