बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूभन्दा २३ वर्ष कान्छी प्रेमिकासँग बिहे गरेका छन्। ५६ वर्षीय प्रधानमन्त्री जोनसनले ३३ वर्षीय प्रेमिका कैरी साइमन्ड्ससँग शनिबार बिहे गरेको बेलायती पत्रिका डेली मेलले जनाएको छ।
विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ सुरु गर्न लागेको छ।
हाल नेपालमा यास् चक्रवातको प्रभाव रहेकाले वर्षा भइरहेको छ। 'यास्' चक्रवात पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावले वर्षा भइरहेको हो।
सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन तयार पारी निर्माण, लगानीको ढाँचा निर्धारण गर्ने भएको छ।
शनिबार दिउँसो बजेट भाषण सुनिरहेका कैलालीको घोडाघोडीका वृद्ध श्यामलाल एक्कासि हौसिँदै खुशीले नाँच्न थाले। यो देखेर घरमा बसिरहेका छोराबुहारी र नाति दङ्ग भए।